तिमल्सेना बन्धुद्वारा छात्रावासमा खाद्यान्न सहयोग

  • ख-
  • ख+

विकास खनाल
दमौली:
आदिकवि भानुभक्त क्याम्पस दमाैली अन्तर्गत संचालनमा रहेको शहिद चन्द्र नेपाली छात्रावासलाई तिमल्सेना बन्धुहरुले खाद्यान्न सहयोग गरेका छन ।

व्यास नगरपालिका वडा नं ८ ( तत्कालिन रिस्ति गाविस बाहुनपोखरा ) बाट व्यास नगरपालिकाका विभिन्न वडा ( दमाैली बजार र अासपास ) मा बसोबास गर्ने तिमल्सेना बन्धुहरुले उक्त सहयोग गरेका हुन ।

आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष समेत रहेका ब्रम्हदत्त तिमल्सेना, रामजीप्रसाद तिमल्सेना, सूर्य तिमल्सेना, मदन तिमल्सेना, र गोविन्द तिमल्सेनाले छात्रावासमा बस्ने छात्राहरुलाई सहज होस् भन्ने मनसायले चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्रीहरु प्रदान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।


साे अवसरमा उनिहरुले विद्यार्थीहरुलाई दमौली क्षेत्रमा छात्रावासको अभाव भईरहेको अवस्थामा आदिकवि क्याम्पसले छात्रावास संचालन गरेर जिल्लावासीलाई गुन लगाएकोले सहयोग सामाग्री हस्तान्तरण गरेको बताएका थिए । उक्त छात्रावासमा हाल २६ जना छात्राहरु बस्दै आएका क्याम्पस प्रमुख हड्खलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी