‘जनमुक्ति सैनिकसहित २११ कांग्रेस प्रवेश’

  • ख-
  • ख+

दमौली: तनहुँका दुई ठाउँबाट दुई सय ११ जना आफ्नो पार्टी प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको उपस्थितिमा म्याग्देमा आयोजित सो कार्यक्रममा ९१ जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा जनमुक्ति सेनाका कमल सुनार लगायतका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका हुन् । यता बन्दीपुर गाउँपालिकाको भुर्मसेमा १२१ जना नेकपा प्रतित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । भुमर्सेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकमा छाडेर कांग्रेसको सदस्यता लिएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक, नेका महासमितिका सदस्यहरु, रामचन्द्र अधिकारी, समुन्द्र गोदार, आनन्दराज त्रिपाठी, पूर्व जिल्ला उपसभापति ध्रुबलाल प्रधान, महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, जिल्ला नेता परमेश्वर भट्टराई, मंगल गुरुङ लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्