केपी ओली राष्ट्रवादी नेताः टोपबहादुर रायमाझी

  • ख-
  • ख+

टोपबहादुर रायमाझी
सीमादेखि उहाँले लिएका विभिन्न अडानका आधारमा केपी ओली राष्ट्रवादी नेता बन्नुभएको छ । त्यो छविसँग डराएर उहाँलाई हटाउने षडयन्त्र गरियो । प्रचण्ड र माधव मिले पछि बहुमत हुन्छ भन्ने उहाँहरुले सोच्नुभएको थियो । उहाँहरुले जता ततै उज्यालो देख्नुभयो । आफूले चालेको कदम नै हुन्छ नै भन्ने देख्नुभयो ।


जबर्जस्त समीकरण बनाएर प्रधानमन्त्रीलाई फाल्ने अभियानमा उहाँहरु लाग्नुभयो ।
विनाकारण दुवै पदबाट हटाउन खोजे पछि । पार्टी जोगाउन हामी लागेका हौं ।
उहाँहरुले हस्ताक्षर उपयोग गर्दा पनि बिजुलीको पोल माग्न गरेको सही उपयोग गरिएको हरिबोल गजुरेल नै भन्नुभएको थियो । रामकुमारी झाँकीको पनि कुरा सुनियो ।


उहाँहरुले जे गरे पनि अविश्वासको प्रस्तावका लागि ८३ कुनै हालतमा नपुग्ने देखियो । उहाँहरुले संसदीय दलको नेता फेर्नु पर्थ्यो त्यो पनि डराएर सक्नुभएन ।
हामीले पार्टी जोगाऔं भनेर धेरै प्रयास गरे पनि सकिएन । अब कहिं पनि सत्तामा भएकाले नै अविश्वासको प्रस्ताव ल्याउने काम त हुँदैन । तर उहाँहरुले विपक्षीसँग मिलेर गर्न खोज्नुभयो । भयंकर गलत काम उहाँहरुले गर्नुभयो ।


सिष्टम नै जोगाउन मध्यावधि चुनावको घोषणा गरेको हो । चुनाव गरे पछि त सिष्टम जाँदैन नी । प्रचण्डमा अध्यक्ष नभइ बस्नै नसक्ने देखिएकाले समस्या भयो ।
(नेकपा स्थायी कमिटी सदस्य एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले दमौलीमा आयोजित कार्यकर्ता भेलामा गरेको सम्बोधन )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी