ऋषिङ्ग म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाको पोल्टामा

  • ख-
  • ख+


ऋषिङ्ग: प्रथम ऋषिङ्ग म्याराथन २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । रोकाय ४२.२ किलोमिटर दूरी अन्तर्गतको दौड प्रतियोगिता २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।

त्यसैगरी प्रतियोगितामा दोस्रो त्रिभुवन आर्मी क्लब कै धावक नवराज साउद भएका छन् । साउदले २ घण्टा ५१ मिनेट ५० सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुको सुमन कुलुङ तेश्रो भएका छन् । कुलुङले २:५७:५० सेकेन्डमा पार गरेका थिए ।

विगतका समयमा व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनमा कुलुङ लगातार प्रथम र द्वितीय हुन सफल भएका थिए भने यसवर्ष भने तेस्रो स्थानमा सीमित भएका छन् ।

ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको प्रवर्धन र पर्यटकहरुलाई आकर्षण गर्ने हेतुले ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको दौड प्रतियोगितामा ४२ किलोमिटर अन्तर्गत १०५ जना धावकहरु को सहभागिता रहेको थियो ।

त्रिभुवन आर्मी क्लवका देवराज महतारा, जम्दार वेद बहादुर सुनार र धर्म महर्जनले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय तथा सान्त्वना हुने धावकहरुलाई क्रमश रू ६५ हजार, ४० हजार, २५ हजार र १०/१० नगद, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी