‘नयाँ भएर पनि लायन्स म्याग्दे उदाहरणीय’

  • ख-
  • ख+

म्याग्देः लायन्स क्लब अफ तनहुँ म्याग्देलाई चार्टर हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब डिस्ट्रीक ३२५ बि १ का गर्भनर मनबहादुर रोक्काले चार्टर हस्तान्तरण गरे ।


लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष राजबहादुर थापाको अध्यक्षमा भएको चाटर हस्तान्तरण कार्यक्रममा गर्भनर रोक्का, प्रथम भ्याइस गर्भर्नर विशेश्वर आचार्य, डिष्ट्रिक्ट एड्भाइजर सन्तोस घिमिरे, खैरेनीटारका संस्थापक अध्यक्ष समुद्रराम श्रेष्ठ, सुजित हिराचन लगायत उपस्थित थिए ।


कार्यक्रममा गभर्नर रोक्काले चार्टर प्रमाणपत्रसँगै चार्टर पिन, डिजि पिन प्रदान गरेका थिए ।
क्लबका सस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ लाई डिजि मेडलबाट पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा वक्ताहरुले नयाँ क्लब भएर पनि लायन्स क्लब अफ तनहुँ म्याग्देले पुराना क्लबहरुले भन्दा उत्कृष्ट कार्य हरु गरेको भन्दै प्रशंसा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी