रहेनन् कांग्रेस नेता सिग्देल

  • ख-
  • ख+

दुलेगौंडा: नेपाली कांग्रेसका तनहुँका पूर्व सचिव एवम् शुक्लागण्डकी क्षेत्रका सामाजिक अगुवा नारायण सिग्देलको निधन भएको छ ।

राजधानीको ह्यांस् अस्पतालमा निमोनियाको उपचारका क्रममा उनको आईतबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनमा फोक्सोको पनि समस्या देखिएको थियो । स्वर्गीय सिग्देलको शुक्लागण्डकी को घारीमा परम्परा अनुसार सोमबार अन्तिम संस्कार गरिने छ ।

उनको निधनमा कांग्रेस नेताहरुले शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी