केशबहादुर सुनार सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सचिव निर्वाचित

  • ख-
  • ख+

दमौलीः नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सचिवमा तनहुँका केशबहादुर सुनार निर्वाचित भएका छन् ।


राजधानीमा आईतबार सम्पन्न तेश्रो केन्द्रीय महाधिवेशनका क्रममा सुनार केन्द्रीय सचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी जिल्ला समन्वय समिति तनहुँका सदस्य पनि हुन् ।


महाधिवेशनबाट केन्द्रीय सदस्यमा व्यवसायी तेजबहादुर विक तथा सुनचाँदी व्यवसायी समिति तनहुँका अध्यक्ष कृष्ण सुनार पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी