
दमौलीः तनहुँ प्रशासनले माघे संक्रान्ति पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा देवघाट लगायत जिल्लाका नदी किनारामा स्नान गरी मनाइने चाडका क्रममा भिडभाड हुँदा जोखिम हुने भन्दै घरमै मनाउन अनुरोध गरिएको छ ।

यस अघि नै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्तिमा लाग्ने चर्चित मकर संक्रान्ति मेला नगर्ने निर्णय गरिसकेको छ ।