राष्ट्रिय एकता दिवसमा शुक्लागण्डकीमा सार्वजनिक बिदा

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आईतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार नगर कार्यपालिका कार्यालय अन्र्तगतका शाखा कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीद्वारा हस्ताक्षरित पत्रमा छ ।


नगर कार्यपालिकाको बैठकमा स्विकृत गर्ने गरी बिदा दिने निर्णय भएको नगर प्रमुख किसान गुरुङले जानकारी दिए । ‘पृथ्वी नारायणले देश एकिकरणको नेतृत्व नलिनुभएको भए हामी अहिलेको अवस्थामा हुने थिएनौं । हामीलाई अहिलेको नेपालमा सान र गर्व छ,’ नगर प्रमुख किसान गुरुङले भने,‘उहाँको त्यो योगदानलाई स्मरण गर्न बिदा दिने निर्णय गरेका हौं ।’


नगरपालिकामा राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भनेर धेरैको समर्थन समेत रहेको उनले बताए । नगरपालिकाले यस अघि हरिबोधनी एकादशीका दिन पनि बिदा दिएको छ ।

गण्डकी प्रदेश सरकारले नदिए माघे संक्रान्तिमा पनि बिदा दिने नगर प्रमुख गुरुङले जानकारी दिए । ‘माघे संक्रान्ति यस क्षेत्रको ठूलो चाड हो । त्यसमा पनि प्रदेशबाट बिदा नभए हामी बिदा दिन्छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी