राष्ट्रिय सभामा बोल्दै प्रम ओलीले भने,‘जनतामा जान किन खुट्टा कमाएको’

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतामा जानका लागि बाटो खुला गरेको भन्दै मत जित्न दाहाल–नेपाल नेतृत्वलाई चुनौती दिएका छन् ।


राष्ट्रिय सभाको अधिवेशनमा सम्बोधन गर्दै उनले भने,‘रिङ तयार भएको छ । जनताका बीचमा जान खुट्टा किन कमाएको ?’
उनले कुनै विदेशी प्रभुकहाँ जान नभनेको भन्दै जनताको अभिभमत लिन नडराउन आग्रह गरे ।


‘मेरो विरोधको समाचार आइहाल्छ, समर्थनको आउन्न’
सम्बोधनका क्रममा ओलीले आफ्नो दह«ोसँग प्रतिरक्षा गरे । सीमा विवाददेखि शुरुङ मार्ग, अस्पताल आदिलाई आफ्ना विकासका मुख्य उपलब्धिका रुपमा चित्रित गरेका उनले आफ्नो आलोचनासँग असहमति जनाए ।


‘मेरा सभामा धेरै मानिस आउँदा फोटो आउँदैन,’ उनले भने,‘तर विरोधमा एक दुई जना निस्के पनि समाचार आइहाल्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्