सात विद्यालयका ६० विद्यार्थीलाई रोट¥याक्टको प्राथमिक उपचार प्रशिक्षण

  • ख-
  • ख+

दमौलीः रोट¥याक्ट क्लब अफ दमौलीले नगर क्षेत्रका विद्यार्थीलाई प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि एक दिने प्रशिक्षण दिएको छ ।
क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको व्यास नगरपालिकाका प्रवक्ता तथा व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले उद्घाटन गरे ।


उनले घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पु¥याउन तालिम उपयोगी भन्दै यस्ता खालका कार्यक्रमहरु विद्यालयमा मात्रै नभै समुदाय र टोलटोलमा पनि गर्न सुझाव दिए ।


कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटीअन्र्तगत प्राथमिक उपचारका गण्डकी प्रदेशका संयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे , रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी,
रोटयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउत, उपाध्यक्ष सुस्मा श्रेष्ठ, कार्यक्रम संयोजक श्रीराम गन्धर्व, सत्यवती माविका शिक्षक प्रमोद पौडेल, चण्डीदेवी राष्ट्रिय माविका शिक्षक यम सापकोटा, सहभागी एलिसा ठकुरी लगायतले बोलेका थिए ।


प्रशिक्षणमा व्यास नगर क्षेत्रका सात वटा सामुदायिक विद्यालयका ६० जना सहभागी रहेको रोट¥याक्ट जोनल सेक्रेटरी विशाल श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी