अनन्त ब्यास आमा समूहको पाँचौ अधिवेशन सम्पन्न

  • ख-
  • ख+

दमौली: व्यास १० डिहीगाउँमा स्थित अनन्त व्यास आमा समूहको छैठौं साधारण सभा एवम् पाँचौ अधिवेशन सम्पन्न भएको छ |समुहकी अध्यक्ष लक्ष्मी पोख्रेल अधिकारीको सभापतित्वमा एवं मादी गंगा महिला बहुउदेश्य सहकारी संस्थाको अध्यक्ष शान्ता पौडेलको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो |

अधिवेशनबाट अध्यक्षमा मीठी भण्डारी , उपाध्यक्षमा विष्णुमाया न्यौपाने, सचिवमा कल्पना ओझा ,कोषाध्यक्षमा देवी सोती , सहसचिवमा शिव अधिकारी एवं सदस्यहरुमा सबिना भुजेल , कल्पना सांखी , कल्पना अधिकारी , चन्द्री न्यौपाने, शोभा बिक र मिना दरै सर्वसम्मत रुपमा चयन भएका छन् ।

साधारणसभामा बिगतका दिनमा समुहलाई सहयोग गरेको भन्दै शान्ता अधिकारी , शान्ता पौडेल , पानमती बिक एबम कृति भुजेल लाई सम्मान गरिएको थियो| साथै देवी सोतीको संयोजकत्वमा सक्रिय सदस्यको पनि गठन गरिएको छ |

सोहि अवसरमा दुम्सीकोट रेडक्रस उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स सेवा अभियानमा समूहको तर्फबाट रु 25, 525 रुपैया उपशाखाका अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेल र सदस्य भानुभक्त अधिकारीलाई हस्तान्तरण गरिएको छ |

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी