हिंसा प्रोत्साहनको आरोपमा ट्रम्पलाई हटाउने तयारी

  • ख-
  • ख+

वासिंटनः अमेरिकामा डेमोक्र्याटहरूले बुधवार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना गरेका छन्।

सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने बताएकी हुन्।

डेमोक्र्याटहरूले संसद्मा सोमवार “राज्यद्रोह प्रोत्साहन“ अभियोग पेश गर्दैछन् ।

पाँच जनाको ज्यान जाने गरी संसद्मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन्।

राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन् ।
बीबीसी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्