जन्मदिनमा छु्ट्याइएको खर्चबाट बालबालिकालाई शैक्षिक सामग्री

  • ख-
  • ख+

म्याग्देः तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाई सभापति एवं लायन्स क्लब अफ तनहुँ म्याग्देका अध्यक्ष भीमलाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा छुट्याइएको खर्च स्वास्थ्य प्रावि म्याग्दे ७ का बरभञ्ज्याङका २५ विद्यार्थीलाई शैक्षिक सामग्री, स्वास्थ्य सामग्री तथा खाजा वितरण गरेका छन् ।

उनले झण्डै १० हजार रुपैयाँ बराबरको सहयोग गरेको विद्यालयले जनाएको छ । जन्मदिनको अवसरमा विद्यालयमा शनिबार कार्यक्रम गर्दै श्रेष्ठले आफ्नो जन्मदिनमा बालबालिकासँग खुशी साट्न पाउँदा खुशी लागेको बताए ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एञ्जिला हमाल, वडा सदस्य ध्रुव थापालगायतले फजुल खर्च रोक्दै जन्मदिनका अवसरमा श्रेष्ठले सहयोग गरेको भन्दै अध्यक्ष श्रेष्ठप्रति आभार प्रकट गरे ।

क्लबले म्याग्दे क्षेत्रका विद्यालय केन्द्रीत शैक्षिक सामग्री तथा अन्य सहयोग अभियानलाई तीव्रता दिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी