घिरिङ र स्याङजाको चापाकोट जोड्ने सडक ट्रयाक खुलाउने तयारी

  • ख-
  • ख+

घिरिङः तनहुँको घिरिङ र स्याङजाको चापाकोट गाउँपालिका जोड्नका लागि पाँच किलोमिटर सडक ट्रयाक खुलाउने तयारी गरिएको छ । घिरिङ २ स्थित कटहरे – मोहनी धारापानी खण्डको मोटरमार्गको विघटिन प्रतिनिधि सभा सदस्य केदार सिग्देलले निरिक्षण गरे ।


उनले सडकको पाँच किलोमिटर सडकको ट्रयाक खुलाउन लागिएको जानकारी दिए । गाईघाट – गल्याङ वैकल्पिक राजमार्गको एक सय ७० किलोमिटर बाटो सम्पन्न भएपछि चितवनको गाईघाट देखि स्याङजाको गल्याङसम्म सिधा मोटरमार्ग बन्ने सिग्देलले जानकारी दिए ।
चितवन देखि स्याङजा जानको लागी बाटो निकै छोटो हुने घिरिङ्ग गापा वडा नं २ का वडाध्यक्ष पूर्ण बहादुर थापाले बताए ।

चितवनको गाईघाटबाट तनहुँको भिरकोट, ऋषिङ, मानपुर घिरिङ्ग हुँदै स्याङजा जिल्लासम्म पुग्ने गल्याङ – गाईघाट वैकल्पिक राजमार्ग पर्यटकीय तथा आर्थिक दृष्टिकोणले पनि महत्वपुर्ण हुने सिग्देलले बताए ।


सिग्देलसँगै नेकपा तनहुँका जिल्ला कमिटी सचिवालय सदस्य हरिराज कडेल, घिरिङ वडा नं २ का वडाध्यक्ष पूर्णबहादुर थापालगायतले मार्ग निर्माण हुने क्षेत्रको निरिक्षण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्