शिविरको पहिलो दिन विज्ञ केन्द्रले गर्यो १७ ओटा कुकुरको बन्ध्याकरण

  • ख-
  • ख+

संजय श्रेष्ठ


दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाको संयुक्त आयोजनामा २ दिने  निःशुल्क रेविज विरुद्ध को खोप तथा छाडा सामुदायिक कुकुरहुरुको  बन्ध्याकरण कार्यक्रमका शुक्रबारबाट सुरु भएको छ।  शुक्लागण्डकी -४ को पञ्चमुनी माविमा सञ्चालन गरिएको शिविरको पहिलो दिन १७ ओटा कुकुरहरुको बन्ध्याकरण गरिएको विज्ञ केन्द्रका प्रमुख डाक्टर बालकुमार श्रेष्ठले जानकारी दिए । छाडा कुकुरहरुको जनसंख्या तथा प्राणघाटक रोज रेविज नियन्त्रण शिविरको मुख्य लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । बन्ध्याकरण गरिएका सबैलाई खोप लगाएर छाडेका छौं उनले भने । २ दिने शिविरमा करिव ५० ओटा भन्दा धेरै कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखेको श्रेष्ठले जानकारी दिए । गत वर्ष पनि केन्द्रले व्यास नगरपालिका सङ्ग समन्वय गरेर आयोजना गरेको शिविरमा ५० भन्दा धेरैको बन्ध्याकरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी