संविधानको पालना गर्न दबाब दिंदै प्रधानमन्त्रीलाई दाहाल–नेपाल नेकपाले संविधान पठायो

  • ख-
  • ख+

दमौलीः पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल नेतृत्वको नेकपा तनहुँले प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनका े विरोधमा प्रधानमन्त्रीलाई विरोध पत्र र संविधान पठाएको छ ।


तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत विरोधपत्र पठाउँदै पार्टीले कदमको भत्र्सना गरेको छ । प्रधानमन्त्रीलाई देशैभरका जिल्लाबाट पठाइएको विरोध पत्रमा गल्तीप्रति क्षमायाचना गर्न र संविधानको पालना गर्न भन्दै एक थान संविधान पनि पठाइएको हो ।


पार्टी केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, नेकपा केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, गण्डकी प्रदेश कमिटि सदस्य ओमराज आले, विष्णुभक्त सिग्देल, अतिन्द्रकेशरी न्यौपाने, विघटित प्रतिनिधि सभा सदस्य कलिला खान, व्यास नगर इञ्चार्ज श्रीराम कार्कीलगायत नेताहरु कार्यक्रममा उपस्थित भएको पार्टीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्