
दमौलीः व्यास १४ केशवटारबासीले अब गाउँमै आधारभूत बैंकिङ सेवा पाउने भएका छन् । सनराइज बैंक लिमिटेड दमौली शाखाले शुक्रबारबाट केशवटारमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।
शाखाको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजिमान श्रेष्ठले उद्घाटन गरे । उनले गाउँमा नै बैंकिङ सुविधा पाउने भए पछि केशवटारबासीलाई धेरै राहत मिलेको बताए । ‘यो हाम्रा लागि खुशीको कुरा हो,’ उनले भने ।
कार्यक्रममा दमौली शाखाका शाखा प्रबन्धक कीर्तिमान राना तथा बैंक कर्मचारी र स्थानीय उपस्थित थिए । बैंकले व्यास नगरपालिका–१४, केशवटार, तनहुँमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुकु माया थापालार्ई नियुक्त गरेको जनाएको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।