
दमौलीः विभिन्न राजावादी दलहरु मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकृत भए पछि तनहुँमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कमल थापा आउने भएका छन् ।
अध्यक्ष थापाले पार्टी एकिकरणको सन्देश दिन शुक्रबार कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । पार्टीका उपाध्यक्ष मेजर सोमबहादुर गुरुङले शुक्रबार पाटीएको चुनाव चिह्न अनावरण र झण्डोत्तलन कार्यक्रम रहेको बताए ।
पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेन्द्र अधिकारीले जिल्लामा पार्टी एकताको सन्देश दिन अध्यक्ष थापालाई जिल्ला डाकिएको बताए ।