दुर्घटना रोक्न दमौलीका १६ ठाउँमा जेब्रा क्रसिङ

  • ख-
  • ख+

दमौलीः दमौली बजारका विभिन्न १६ स्थानमा जेब्रा क्रसिङ संकेत राख्न थालिएको छ । यस अघि रहेर पनि लामो समय रंग नलगाईंदा मेटिएका सँगै थप नयाँ ठाउँमा पनि जेब्रा क्रसिङ संकेत राख्न थालिएको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


ट्राफिक प्रमुख रेशम रानाभाटले बजारमा गति सीमित पार्न र यात्रुको सुरक्षाका लागि पहिले नभएका ठाउँमा पनि संकेत राख्न थालिएको बताए ।


व्यास नगरपालिकाको आर्थिक सहयोगमा ट्राफिक संकेत राखिएको उनले बताए । नगरपालिकाले व्यास २, ३ र ४ का विभिन्न स्थानमा यस्ता संकेत राख्नका लागि एक लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ । यस्ता संकेतले दुर्घटना कम गराउन मद्दत गर्ने ट्राफिकको विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी