व्यासको चौथो अल्ट्रा म्याराथन माघ १६ गते

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले हरेक वर्ष गर्दै आएको अल्ट्रा म्याराथन यसपाली पनि गर्ने भएको छ । नगरपालिकाले माघ १६ गते सहिद दिवसका दिन दौड गर्ने निर्णय गरेको हो ।


यस अघि पनि सहिद दिवसकै अवसरमा दौड गरिंदै आएको थियो ।

व्यास ५ मानुङबाट व्यास ८ पुलिमराङसम्मको दौडका लागि व्यास नगर उप प्रमुख मीरा जोशीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय बुधबार बसेको नगर कार्यपालिकाको बैठकले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी