कोरोना रोक्न खोज्नेलाई नै छि छि दुर् दुर् !

  • ख-
  • ख+

उसकाे बालपनकाे सपना ‘भाेलीकाे फ्लाेरेन्स नाटिङ्गल म।’ बालपनकाे सपना उन्दै किसान परिवारकी छाेरी  मेरी स्कुल जीवनकी सहपाठी  उनी,नर्सिङ पेसामा आबद्ध छन्।जीवनका धेरै आराेह/अवराेह झेल्दै पेसामा रमाएकाे केही वर्ष मात्र भएकाे छ। उसले पढेकाे ऋण तिर्न बाबुआमा अझ पनि चर्काे घाममा बारीका डल्ला फुटाउदै छन्।

प्रकृति खनाल न्यौपाने

पेसामा दत्तचित्त भएर एकहाेराे परिश्रम गरिरहेका छन्।अहिले विश्व जगत काेराेना नामकाे भाइरसबाट प्रताडित छ।सामाजिक सञ्जालले उनकाे र मेराे भेट बनायाे।उसले भयावह पारामा उसकाे काहानी भन्दै थिइन्।म चुपचाप सुनिरहेकी थिएँ,म मात्र सुन्नेलाई त त्याे पिडाले एकोहोरो र माैन बनाई आँखा एकनाशले रसाइरहेका थिए।

उ त वास्तविक भाेगाइले च्यापिएकी पात्र लाग्छ मनमा धेरै चाेटले गलेकी छ।थकानले पेलिएकी छ ।अनि तिरस्कारले जलेकी छ। म कसरी उसकाे जीवनमा रस रङ्ग भर्न सक्छु र?उसकाे एकलब्य वाणी एकहाेराे प्रस्तुति ।अचानक भिडियाे कल आयाे, म उसकाे कल उठाउन लाग्यें,अनि यसरी मनका वह हावामा ठाेक्किए,”परू म त बर्बाद भएँ,  मलाई त घरबेटीले घरबाट पनि निकालिदिनु भयाे।आजभाेली फुपुदिदिकाेमा वस्न थालेकी छु।

भर्खरै अस्पतालबाट निष्किएर फुपु दिदिकाेमा आएकी ।’ दिदी भिनाजु भन्नुहुन्छ, ‘तिमी अब अन्तै सर्नु पर्छ। हामीलाई टाेलका मान्छेले पर्गल्न थाले। १७घण्टा डिउटी हुन्छ। मास्क लाउदालाउदै अनुहारकाे मासु पनि दवेकाे छ,हेर त, पिपिइ लाउदालाउदै गुम्सिएर त्यही सास जान्छ कि जस्ताे हुन्छ।हिजाेकाे मेराे सपना आज पूरा गर्ने ताेडमा कम्मर कसेकी छु।त त मेराे मिल्ने साथी युद्धमा फ्लाेरेन्स कति भिडेकी थिइन् ,घाइते सिपाहीकाे जीवनरक्षाका लागि ,त्यसैले म पनि भिडिरहेकी छु। तर मेराे समाज,मेराे समाजका मानव देखेर मलाई  दिक्क लागेकाे छ।

उनिहरूकाे प्राज्ञिकत्वकाे  स्तर मानवता भन्ने विषयमा गहिराइमा पुग्नै नस्क्नुले समाजसेवा र पारदर्शी  स्वच्छन्द सेवा परिवहनमा संकट छाएकाे छ। म संगै काम गर्ने २चिकित्सक र नर्सलाई पनि भाइरस पाेजिटिभ देखिएकाे छ।उनिहरूकाे पीडा पनि त्यस्तै हाे।अझ  सङ्क्रमित भएर पाएकाे अपमान कुन तराजुले नाप्न सक्ला र?’

अहाेरात्र बिरामीकाे सेवामा खट्दा हुन पुगेका हामी काेरना सङ्क्रमित हाैं।तर पनि यहाँका नरपशु दानवीय प्रवृत्तिका दानवहरू देख्दा मेराे समाजले सामाजिक रूपान्तरणीय साेचकाे विकास कहिले गर्ला भन्ने चिन्ता छ।अब मलाई यहाँ पनि(आफन्तकाे पनि) नवस्न प्रेसर आहिरहेकाे छ।डिउटी जानै पर्छ।मेराे आत्मवल उच्च छ तर पनि समाजकाे तिस्कारले सेवा प्रवाहमा बेचैनी ल्याउँछ कि भन्ने चिन्ता छ।

‘परू,दिनकाे एकपटक महिले कल गरेपछि जति व्यस्त भए पनि समय दिएर बाेल्नु है ,मलाई  तेराे हाैसल्लारूपी बाेलीले तनतनमा मनमनमा सशक्तीकरण दियालाेहरू पैदा हुन्छ। सहस्र संघर्ष गर्न आत्मबल मिल्छ। सायद तेराे र मेराे सहर एउटै हुन्थ्याे भने त मलाई पुरै साथ, समर्थन र सहकार्य हुन्थ्याे नी है।’ म माैन छु तर उसले मलाई सबै पढेकी छ,मलाई बुझेकी छ तर पनि उसकाे र मेराे सहभेट नभएकाे धेरै भयाे। मेराे घर भन्दा उता पल्लो घरमा पनि २ डाक्टरहरू रेन्टमा बस्छन्।उनिहरूकाे काेमल ब्यक्तित्व र दयालु बाेलिचालीमा म मेरी बाल दाेस्ती त्यै सङ्गीकाे प्रतीक ठम्याउन पुग्छु।

‘के छ डाक्टर साब?’ भनेर नजिकिन जाने भद्र भलाद्मी हरू आज याे टाेलबाट यी डाक्टरलाई कसरी निकाल्ने भनेर गाेप्य मिटिङ बसिरहेका छन्।मलाई अनाैठाे लागेर  सर्वसकल्याणकाे धर्म निभाउदै एक्लै हिडकी छु तर न्यायकाे पक्षमा हिड् भन्ने कुटिल विचारले जराे गाडेकाे छ ।म एक्लै भएकी छु।मानवता लाई अगाल्ने शक्ति भगवान् सँग मागिरहेको छु। टाेलबासीकाे छुचाे भएकी छु।मलाई उनिहरूले पहिले भाइरस त्यसैलाई लागाेस् भनेका छन् भनेर १/२जनाले सुनाएका पनि छन्।

मान्छेकाे जीवन क्षणिक हाे सबैलाई मारेर तिमी बाँचेर सृष्टि चल्दैन त्यसैले “तिमी पनि बाँच, अरूलाई पनि बचाउ” भन्ने तथ्य आत्मसात गर्न जरूरी देखिन्छ। कुरा उहीँ सखीकाे दिनदिनै बाेल्ने म,आज उसले कलनै गरिन। म आँफै फाेन गरे,उसले भनी मलाई नी पाेजेटिभ देखियाे।म आइसाेलेसनमा छु। अनि उसले भन्दै थिइन् ‘मलाई  तथा म जस्ता धेरै सङ्क्रमितलाई गास, बाँस कपासकाे प्रवन्ध मिलाउने, खाना दिने मान्छेकाे समेत अभाव छ।’

आइसोलेसनमा काम गर्ने मान्छे नै नपाइने रहेछ,हाम्रो देशमा मिडियामा आउन र मैहुम बन्न मात्र खाेज्ने बाेक्रे भलाद्मीहरूकाे बिगबिगी रहेछ साथी,परेपछि सब कुरा याद हुने  रहेछ। मैले भाेगिरहेकी छु।मलाई राेगले भन्दा पनि भाेकले मर्न पर्छकी भन्ने चिन्ता छ। सबैलाई धनी हुन छ,आफ्नोतर्फबाट धन कमाउननै ब्यस्त छन्,तर साथी मलाई भाइरसले भन्दा पनि समाजमा हराएकाे मानवीय घटिया प्रवृत्तिले गलाएकाे छ।

नमरे बाँचे अवश्य भेट हुनेछ।कहिले- कहिले माइती जादा मेरा आमाबाबालाई पनि भेट्दिनु है,म बाच्न सकिन भने असल मान्छेलाई ईश्वरले चाँडै लाग्छन्, त्यसकारण उसलाई लगे भन्दिनु है,”वास्तवमा उसका यीव बाेलीहरूमा उसकाे शारीरिक अवस्था गलेर अन्तिम भैसकेको मलाई महसुस भएकाे छ। याद छ उ हिम्मत हार्ने केटी हाेइन।यदी उसलाई साथ,समर्थन र सहकार्यमा हाैसल्ला र उत्प्रेरित गर्ने  तथा प्राज्ञिक चिन्तन भएका अगुवा वर्गकाे आवश्यकता छ। यस्ता आत्माहरू जागरणका प्रति खम्बा हुन् ।

जाे कर्मथलाेमा अहाेरात्र खठ्छ,उसैलाई सामाजिक तिरस्कार अनि उसकाे सामाजिक बलिदानीकाे खातिर सङ्क्रमणमा समायोजनकाे जटिलता। खै कसरी आंकलन गर्ने याे दानवीय समाजकाे।कसरी मूल्यांकन गर्ने क्षणभङ्गुर क्षणिक जीवनकाे ।स्वास्थ्य कर्मी हाम्रो भगवान् हुन्,जसले कलिमा नवजीवन दिन आफ्नो सम्पूर्ण अवस्थालाई जीवन र मृत्युुकाे द्वाेसाधमा धकलेका छन्।समाजसँग पठारकाे  सौदाबाजी गरिरहेका छन्।

मनले साेचिरहेकाे थियाे, फेरि मेरी सखीले मेलमा मलाई पठाएकाे पत्र पढें, मनभरी पीडा  गहभरी आँसु लिए, फाेन गरें। सूचना दिने व्यक्तिले भन्नुभयाे, ‘उहाँको मृत्युु भयाे,राेगले भन्दा पनि समाजकाे चिन्तनले मार्याे उहाँलाई,शारीरिक भन्दा पनि मानसिक राेगले गलायाे उहाँलाई।’ म अचानक झस्किए,पत्रका अक्षरहरू सम्झिए उसले लेखेकी थिई,’समाज,आफन्त ,वर्ग,कुल ,हैसियत सबै थाहा पाएँ,सखी।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी