वैज्ञानिक महावीर पुन बिहीबार दमौली आउँदै

दमौली न्युज
  • ख-
  • ख+

दमौली ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुन बिहीबार दमौली आउने भएका छन्। बीरगञ्ज कृषि औजार कारखानाका लागि आर्थिक सहयोग जुटाउने हेतुले आफ्नो आत्मकथा समेटिएको पुस्तक महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक बिक्रीका लागि वैज्ञानिक पुन दमौली आउने भएका हुन् ।

वैज्ञानिक पुनको आत्मकथा समेटिएको पुस्तक बिक्रीका लागि देशव्यापी रूपमा विगत केही महिना देखि विभिन्न स्थानहरुमा  उनी स्वयम हिँडिरहेका छन् । गोरखा लमजुङ हुँदै  भोलि दिउँसो ३ बजे दमौली आउने उनलाई लियो क्लब अफ तनहुँले सहजिकरण गर्ने क्लवका  सचिव  लियो मुकेश बिडारीले जानकारी दिए ।

बिहीबार दिउँसो 3 बजे व्यास नगरपालिका वडा नं ३ अनसन चौतारीमा डाक्टर पुनको पुस्तक बिक्री कार्यक्रम रहेको हुँदा इच्छुक महानुभावहरुले पुस्तक खरिद गरी बीरगञ्ज कृषि औजार कारखानालाई सहयोग गर्न हुन समेत लियो क्लब अफ तनहुँले आग्रह गरेको छ।

पुस्तक बिक्री वितरण कार्यक्रमका सहजीकरण संयोजक लियो क्लब अफ तनहुँका सह कोषाध्यक्ष  लियो सन्दिप न्यौपानेले महत्वपूर्ण उद्देश्य बोकेर अगाडि बढेको वैज्ञानिक कुन नेतृत्वको संस्थालाई  पुस्तक खरिद गरी बीरगञ्ज कृषि औजार कारखानालाई पुनर्जीवनदान प्रदान गर्न सहयोग गर्न तनहुँ वासीहरुमा आग्रह गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी