प्रशासन कार्यलय देखि बन कार्यलय चाेककाे बाटो पिच हुँदै, गुणस्तरीयताकेा लागि टाेलवासिकाे डेलिगेसन

  • ख-
  • ख+

ब्यास नगर पालिका वडा नं २ काे सिद्धिबिनायक टाेल , सत्यवति टाेल ( प्रशासन चाेक देखि बन कार्यलय चाेकसम्म ) तथा वडा नं ३ मा रहेकाे पुरानो प्रशासन भवन , जिल्ला समन्वय , अदालत , अस्पताल जाने बाटो वरपर बाटो बिस्तार एवं पिचको काम सुरु भएको छ । लामो समय देखि बाटो बिस्तार एवं पिचको लागि नगरपालिकाकाे ध्यानाकर्षण गर्दै अाएका टाेलवासिहरूकाे माग अहिले पूरा हुन लागेको हाे । हामीले लामो समयदेखि दमाैलीकाे सरकरि कार्यलयहरू रहेको लाइन सिद्दिविनायक टाेल र सत्यवति टाेल , जसमा मालपोत लाइन पर्दछ यसलाई बाटो बिस्तार गर्नुपर्याे , बाटो सागुरो र अब्यबस्थित भयो भन्दै अाएका थियौं , अहिले पूरा हुन लाग्याे खुसि हुँदै सिद्दिविनायक टाेलका अध्यक्ष बिकास खनालले भने । दमाैलीकै हरियाली र अाकर्सक देखिने गरि लगाइएको असाेकाकाे बिरूवाले यश टाेललाइ यसैपनि सुन्दरता देखाइरहेकाे थियो अबत बाटो बिस्तार र पिच हुने भए सँगै धुलाेबाट पनि बचिने भयो र थप सुन्दरता पनि देखिने भयो खनालले भने । हेटौंडा बजार बिर्साउने खालको अाफ्नाे टाेल बनेकोमा टाेलका उपाध्यक्ष फिराेज श्रेष्ठले खुसि ब्यक्त गरे । बाटो पिच बन्न लागेको सन्दर्भमा कहिँकतै त्रुटि र कच्चा काम नहाेस भनेर गुणस्तरीय कामको लागि दुवै टाेलका समिति हरू भेला भइ छलफल गरेको र जिल्ला पुर्वाधार बिकास कार्यलयका प्रमुख अाेमराज ढुङ्गानालाइ समेत भेटेर ध्यानाकर्षण गराइएको सत्यवति टाेलका अध्यक्ष सुवेदार नेत्रबहादुर बस्नेतले बताए । सुरुमा माटो राख्दा दुवाे मिसिएको कच्चा माटो ल्याइ बिछ्याएकाे देखेपछि मात्रै अाँफुहरू काम गुणस्तरीय हुँदैन कि भनेर चनाखो भएको माटोमा भएको दुवाेकाे चपरि देखाउँदै बस्नेतले भने । हामीले ल्यापटेष्ट बाट पास भएको माटो मात्रै प्रयोग गर्न , अाबस्यक मात्रामा पानी हालेर राेलर लगाइ वेस दराे बनाउन र मात्रै दाेस्राे चरणको काम गर्न भनेका छाैँ र प्राविधिक चनबहादुर थापालाई बाेलाइ ध्यानाकर्षण गराएका छाैँ सिद्दिविनायक टाेलका अध्यक्ष खनालले भने । अहिले साेहि अनुसार पहिलो चरणको काम भइरहेको र दाेस्राे चरणमा पनि यस्तै गरि गिटी खन्याएर राेलिङ गरेर मात्रै पिच गर्न भनेकाे खनालले बताए । देवचुलि निर्माण सेवा ले ठेक्का पारेसँगै उक्त काम अहिले द्रुत गतिमा भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी