बिकास खनाल
दमौली: सेतीबुल्दि दाेभान घाट दमाैलीकाे अधिवेशन सनिवार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले ओमबहादर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचन अधिकृत यज्ञबहादुर रानाका अनुसार समितिकाे अन्य सदस्यहरूमा टुकबहादुर हमाल , शुरेस वाग्ले , राजकुमार श्रेष्ठ , भाेजबहादुर थापा , पाेष्टमान श्रेष्ठ , नन्दबहादुर थापा , रिमा आले र केशकुमारि रहेका छन ।
यसअघि भएको कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि राजकुमार श्रेष्ठले दमाैलीमा तत्कालीन अबस्थामा घाटकाे अत्यन्तै अाबस्यकता महसुस गरि अाँफु लगायतको सहयोगमा निर्माण सुरु गरिएको बताए ।
पानी पर्दा , घाम चर्कँदा , बाढी अाउँदाका समय सागर अाउने सबैले अत्यन्तै दुख भाेग्नु परेको महसुस भएकोले नै अाँफुले घाट निर्माणमा सहयोग गरेको र उक्त सहयोग स्वरूप समितिले सम्झेर अाँफुलाइ मायाँ गरि प्रमुख अतिथि बनाएकोमा सबैलाई धन्यवाद दिए । कार्यक्रमका बिशिस्ट अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले घाट निर्माण भएको र त्यसवाट धेरै भन्दा धेरै मानिसले लाभ लिन सकेकोमा खुसि ब्यक्त गरे ।
घाटमा अाउने जाेकाेहिलाइ पनि सजिलो र सहज तवरले सेवा प्रदान गराउन र अझै ब्यबस्थित सँगै सरसफाइमा ध्यान दिन उनलेे समितिकाे ध्यानाकर्षण गराए ।
कार्यक्रमका अतिथि तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठ नाथ मिश्रले घाट निर्माण सँगै परिवर्तित समय अनुसार थप सेवा सुविधा थप्दै जानुपर्ने मा जाेड दिए ।
सेा अवसरमा ब्यास २ का अध्यक्ष काशीराम श्रेष्ठ , ब्यास ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ , नन्दलाल थापा , गाैमाया श्रेष्ठ , बिस्णुकुमार श्रेष्ठ , तारा प्रसाद श्रेष्ठ लगायतका बक्ताहरूले घाटकाे महत्त्वका बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रस्तुत अध्यक्ष , सचिव र काेशाध्यक्षकाे छुट्टाछुट्टै प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
२०६१ सालमा समिति गठन गरि सुरुवात सँगै सम्पन्न भएको संस्थाको २०६१ सालदेखि २०७७ साल सम्मको अाम्दानि ५१ लाख ८ हजार ३ सय ४३ रहेको र खर्च ४९ लाख ६६ हजार ७ सय ४४ रूपया तथा बैंक माैज्दात १ लाख ४१ हजार ५ सय ९८ रूपया रहेको छ । संस्थाका अध्यक्ष बुद्दिमान श्रेष्ठकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे स्वागत उपाध्यक्ष देवनिधि पन्तले र सन्चालन सचिव विस्णु भक्त न्याैपानेले गरेका थिए ।













