कोरोना फैलने डरले देवघाटको माघे संक्रान्ति मेला स्थगित

  • ख-
  • ख+

देवघाटः तनहुँको पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना फैलने जोखिमका कारण भन्दै देवघाट क्षेत्र विकास समितिले यस वर्ष मेला नगर्ने निर्णय गरेको हो ।


यसअघि देवघाट क्षेत्रमा सुरक्षा बैठक समेत डाकिएको थियो । तनहुँका प्रजिअ सागर आचार्यसहित आसपासका जिल्लाका अधिकारीसमेत सहभागी बैठकका क्रममा सुरक्षा जोखिमलाई ख्याल गर्दै यसपाली मेला नगर्ने निर्णय भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए ।

भारत तथा देशका विभिन्न भागबाट मकर संक्रान्तिमा मेला भर्न श्रद्धालु आउने गरेका थिए । देवघाट क्षेत्रको मकर संक्रान्ति मेला धार्मिक दृष्टिले महत्वको मानिंदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी