सर्वोच्चले चुनावको निर्णय दिए सुतेर बस्दैनौंः भट्टराई

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस संसद पुनर्स्थापनाको पक्षमा भए पनि सर्वोच्च अदालतले संसद वि घटनलाई सदर गरे चुनावमा जाने बताएका छन् ।

‘कांग्रेस न्यायिक सर्वोच्चतामा विश्वास गर्छ न्यायालयले संसद पुनस्र्थापना दिए ठिकै छ,’ दमौलीमा आयोजित सरकारको कदम विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले भने,‘तर चुनावबाट नेपाली कांग्रेस भाग्ने कुरा भएन । पञ्चायतमा पनि हामीले चुनाव लडेका हौं । सर्वोच्च अदालतले निर्वाचनका विषयमा निर्णय दिए सुतेर बस्दैनौं ।’

दुई तिहाईको सरकारले जनताको मतको कदर गर्ला भन्ने लागेको भए पनि सरकारले नगरेर चुनाव घोषणा गरेकाले सर्वोच्चको निर्णय आए चुनावमा जानुपर्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्