देश नै फाल्ने षडयन्त्र: पौडेल

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमले देशकै अस्तित्व खतरामा पार्ने काम प्रधानमन्त्रीको कदमले गरेको आरोप लगाएका छन् ।

‘ देश र संविधान नै फाल्ने दुराशयले संसद विघटन गरिएको छ,’ पौडेलले भने,’ देशलाई भारत, चीन र अमेरिका लडाउने अखडा बनाउने ठूलो षडयन्त्र हुँदैछ, ‘ नेपाली कांग्रेसले दमौली र भीमादमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले संविधान र देश नै फाल्ने ठूलो षडयन्त्र प्रधानमन्त्रीको कदममा लुकेको आरोप लगाए ।

उनले भने, ‘ यो षडयन्त्रको पर्दाफास हुनुपर्छ ।’ कार्यक्रमहरुमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल सबैले प्रधानमन्त्रीको कदमको विरोध गर्दै कांग्रेस सडकमा गएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्