
दमौली: प्रतिनिधि सभा विघटनको विरुद्धमा देशभरका निर्वाचन क्षेत्रमा आयोजित विरोध कार्यक्रम तनहुँमा शुरू हुँदैछ । दमौली र भीमादमा हुने प्रदर्शन कार्यक्रममा तनहुँका केन्द्रीय नेताहरुले सम्बोधन गर्दैछन् ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले लगायत नेताले सभाहरुलाई सम्बोधन गर्नेछन् ।
वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य भण्डारीले दमौली र भीमादमा सम्बोधन गर्नेछन् ।अन्य नेता भने आ आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गर्नेछन् । दुवै क्षेत्रमा हुने भएकाले यस क्षेत्रका कार्यकर्ता आ आफ्नो ठाउँमा प्रदर्शनमा उत्रिएका छन् ।