व्यासका १८ बिक्रेताले अनुदानको मल बेच्ने ( सूची हेर्नुस्)

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने

दमौली: व्यास नगरपालिकाले वास्तविक किसानका समस्या चिर्न र राज्य सञ्चालनमा सुशासनका मर्म वमाेजिम पारदर्शिता तथा निष्पक्षता कायम गर्न भन्दै अनुदान मल वितरणका लागि स्थानीय समिति गठन गरेकाे छ।

नगर उपप्रमुख मिरा जाेशीकाे संयोजकत्वमा गठित ३सदस्यीय समतिले उचित प्रक्रिया अपनाएर काम अगाडि वढाएकाे छ। वास्तविक किसानकाे पहिचान गर्दै पृष्ठभूमिका किसानका समस्या चिर्न व्यास नगर क्षेत्रका सम्पूर्ण भेग समेटिने गरि उनिहरूका विगतका कार्यसम्पादन मूल्यांकन गर्दै जिम्मेवारी दिइएको अनुदान मल वितरण स्थानीय समितिकी संयोजक तथा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जाेशीले स्पष्ट पारिन्।

संघीय संरचना बमोजिम सरकारले संघ,प्रदेश तथा स्थानीय तहलाई अनुदान मल वितरण प्रक्रियाका लागि इजाजत पत्र दिएकाे हाे।सुशासन ब्यवस्थापन तथा सञ्चालन एेन २०६४काे दफा ४५ले दिएकाे अधिकार प्रयाेग गर्दै यश इजाजत पत्र दिइएकाे ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिक्देलले जानकारी दिए।


अनुदान मल वितरण निर्देशिका २०७७लाई
अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे परिपत्र बमोजिम याे प्रक्रिया अगाडि वढेकाे नगरपालिकाले जानकारी दिएकाे छ।

नगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय समितिका सदस्य सचिव राजेन्द्र कार्कीले नगरपालिका भरीका किसानलाई समेट्ने गरी भाैगाेलिक भेग,सबैलाई पायक पर्ने स्थानमा बिक्रेता छनाैट गरिएको जानकारी दिए। यसरी अनुमति पाउनेमा १८ सहकारी तथा विक्रेता छन् ।

बिक्रेतामा कृषि सहकारीलाई प्राथमिकता दिइएको समेत समितिले जानकारी दिएको छ। बिक्रेताले नगरपालिकाकाे सिफारिस बमोजिम कृषि सामाग्री कम्पनीबाट मल ल्याई किसानलाई उपलब्ध गराउने र सिफारिस अनुसारनै ढुवानी खर्च मात्र लिने गरि मूल्य लिनेसमेत नगरपालिकाकाे स्थानीय समितिले जानकारी दिएको छ। तर सहकारी नभएका वा पायक नपर्ने ठाउँमा निजी विक्रेताले पनि मल बेच्ने जिम्मेवारी पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्