पत्रकार सोनी शर्मा सम्मानित

  • ख-
  • ख+

दमौली: क्रियाशील पत्रकार महिला तनहुँकी संस्थापक अध्यक्ष सोनी शर्मा सम्मानित भएकी छन् ।


दमौलीमा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनमा पत्रकार महिलाको हक हित तथा नेतृत्व विकासमा योगदान दिएको भन्दै संस्थाले उनलाई सम्मान गरेको हो।

व्यास नगर उप प्रमुख मीरा जोशीले कार्यक्रममा उनलाई सम्मान पत्रले सम्मानित गरेकी हुन्।
संस्थाकी निवर्तमान अध्यक्ष अञ्जना तिमल्सेनाले संस्थाको स्थापना र नेतृत्व विकासमा सघाएकाले शर्मालाई सम्मानित गरिएको बताइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी