क्रियाशील पत्रकार महिलाको अध्यक्षमा विमला सर्वसम्मत

  • ख-
  • ख+

दमौली: क्रियाशील पत्रकार महिला तनहुँको चौथो जिल्ला अधिवेशनले विमला दुवाडी कँडेलको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।

गठित कार्य समितिको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले तथासहसचिवमा करिष्मा गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा दमौली न्यूजकी सह सम्पादक प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता विक र मुना कालिराज विके चयन भएका छन् । यस अघिकी अध्यक्ष अञ्जना तिमल्सेनाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी