हाेटल सन्चालकलाई खाना अभिमुखिकरण

  • ख-
  • ख+

बिकास खनाल

दमौली: ” गण्डकी प्रदेशको अाव्हान , स्वच्छ खाना स्वस्थ्य ज्यान ” भन्ने मुल नाराका साथ तनहुँको राजमार्ग क्षेत्रका हाेटलहरूकाे खाद्य स्वच्छता सम्बन्धि अभिमुखिकरण दमाैलीमा सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको अभिमुखिकरणमा बोल्दै सहायक प्रजिअ चित्राङ्गत बरालले सबै व्यवसाय दर्ता गरेर मात्रै सन्चालन गर्न आग्रह गरे । उनले शुद्धतामा ख्याल गर्न अनुरोध गरे ।

हाेटल सन्चालकले ताजा र गुणस्तरीय वस्तुहरू मात्रै खरिद गर्ने र भान्साकाे सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । भान्सामा काम गर्ने कुक सहितका मानिसहरू काे सरसफाइमा ध्यान दिन र मुल्यसुचि अनिवार्य राख्न अन्यथा अनुगमनको क्रममा कारबाहीको दायरामा अाउनपर्नेमा उनले सुझाएका थिए ।

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण विभाग तनहुँका प्रमुख प्रशान्त पाेख्रेलले खाद्य स्वच्छताका बारेमा प्रकाश पार्दै त्यसैको अाधारमा हाेटलहरूकाे वर्गिकरण गरिने जानकारी दिए । हाेटल ब्यबसाय मानवकाे स्वास्थ्य सँग प्रतक्ष्य जाेडिएकाे ब्यबसाय भएको हुँदा गम्भीर भएर सन्चालन गर्न पाेख्रेलले अाग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका लेखा अधिकृत अशोक खनाल , प्रशासकिय अधिकृत नगेन्द्र पाैडेल तथा साेभाकर ढकाल ले हाेटल रेष्टुरेन्ट लगायतका ब्यबसायिले पूरा गर्नुपर्ने जिम्मेवारी सम्बन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा क्षेत्रीय हाेटल संघका वरिष्ठ उपाध्यक्ष विकास खनाल, महासचिव चन्द्रकुमार कायस्थ, दमाैली सभापति लालप्रसाद तिमिल्सिना, शंकर अधिकारी, सुजन अधिकारी , हाेटल व्यवसायी संघका अध्यक्ष दुर्गाविलास भट्टराई , केन्द्रीय प्रेमकुमार श्रेष्ठ, रामबहादुर अाले, दिनेश खनाल लगायतका व्यवसायीकाे उपस्थिति रहेको थियो ।

जनस्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर अधिकारीले खानाको शुद्धतामा वृद्धि गर्न कार्यक्रम गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी