रोटर्याक्ट क्लब अफ शुक्लागण्डकीको चार्टर्ड प्रेसिडेन्ट बने मनिष

  • ख-
  • ख+

दुलेगौंडा: रोटर्याक्ट क्लब अफ शुक्लागण्डकीको चार्टर्ड प्रेसिडेन्टमा मनिष अर्याल सर्वसम्मत चयन भएका छन् ।

शनिबार दुलेगौंडामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा डा हेमन्त शर्मा, सुमित पाठक र ओमकार नागिलालाई चयन गरेको छ ।यसैगरी, सचिवमा सुजन पण्डित, सहा सचिवमा अन्जु अर्याल तथा कोषाध्यक्षमा विश्वास केसी चयन भएका छन् ।

डिष्ट्रिक्ट रोटर्याक्ट कमिटी अध्यक्ष सुवास सिग्देलको प्रमुख आथित्यतामा तथा डिष्ट्रिक्ट रोटर्याक्ट रेप्रेजेन्टिभ संजीव पौडेलको विशेष अतिथि तथा रोटरी क्लब अफ शुक्लागण्डकी का निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठको आथित्यतामा कार्यक्रम भएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी