कुमारको नेतृत्वमा तनहुँमा फुटसल संघ गठन

  • ख-
  • ख+

दमौली: तनहुँमा फुटसल संघ गठन गरिएको छ । दमौलीमा एन्फा केन्द्रीय सदस्य एवं फुटसल संयोजक रत्नकुमार श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न खेलाडीहरूको भेलाले कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा संघको कार्य समिति गठन गरेको हो ।

गठित कार्य समितिको उपाध्यक्षमा राजेश मल्ल, सचिवमा युवराज भण्डारी तथा कोषाध्यक्षमा कुमार मल्ल छन् ।कार्य समितिका सदस्यहरुमा अनुप राना, विनोद थापा, केशव राना, प्रवीण राना र दुर्गा रानाभाट छन् ।

यसैगरी सल्लाहकारमा सुरेश पुरी, अञ्जनकुमार श्रेष्ठ, सुवर्ण श्रेष्ठ र कृष्णनारायण बतास छन् ।कार्यक्रममा केन्द्रीय सदस्य श्रेष्ठले कार्यकाल सफलताको शुभकामना दिँदै निर्वाचित कार्य समितिलाई बधाई दिए । उनले फुटसलको संभावना धेरै रहेको भन्दै प्रतियोगिता बढाएर गति दिने योजना सुनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी