पौडेलसँग मेरो विवाद छैनः भण्डारी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफ्नो विवाद नभएको दाबी गरेका छन् ।

नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै नेपाली कांग्रेसको पुस ८ गते सम्पन्न केन्द्रीय कार्य समिति बैठकमा वरिष्ठ नेता पौडेलसँग जोडेर विभिन्न सञ्चार माध्यममा समाचार आएको भन्दै त्यसमा सत्यता नभएको बताए ।


बैठकमा संसद विघटनको विषयमा अदालतको निर्णय कुर्नुपर्ने र केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिनुपर्छ भन्ने धारणा राख्दा केही सञ्चार माध्यमले गलत अर्थ लाग्ने गरि समाचार सम्प्रेषण गरेको भन्दै उनले त्यस्ता समाचारमा कुनै सत्यता नभएको बताए ।

उनले समाचारमा आएजस्तो बैठकमा कुनै किसिमको अभद्र व्यवहार आफूले पौडेललाई नगरेको नेता भण्डारीको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्