करको जरिवानाले व्यवसायी त्रसितः श्रेष्ठ

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले कर विवरणमा पेश गरिएको अडिट विवरणको खर्च कटाएर जरिवाना गराउने कार्यले व्यवसायीलाई त्रसित बनाएको बताएका छन् ।

आन्तरिक राजश्व कार्यालय तनहुँका प्रमुख कर अधिकृत नारायण ढकालको सम्मानका लागि तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान कार्यक्रममा यसलाई सुधार गर्दै व्यवसायीलाई राहत दिनुपर्ने बताए ।

संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष एवं संघका निवर्तमान अध्यक्ष कृष्णराज पण्डित, प्रथम उपाध्यक्ष बैठकुण्ठनाथ मिश्र, महासचिव ईमकुमार मल्ल, भन्सार बजार इकाई समितिका सभापति लालकुमार श्रेष्ठलगायतले व्यवसायीका करसम्बन्धी गुनासा सुनाएका थिए ।

उनीहरुले कर कार्यालयबाट समस्या भोगेका विषय राखेका थिए । कार्यक्रममा वर्तमान नयाँ कर नीतिको बारेमा कर अधिकृत रमेश श्रेष्ठले प्रशिक्षण दिएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी