कोरोना संक्रमणः म्याग्दे र शुक्लाका संक्रमितको मृत्यु

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । संक्रमणबाट ज्यान जानेमा म्याग्दे ५ का ७३ वर्षका संक्रमित वृद्ध छन् ।

उनको बुधबार बेलुका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । उनमा न्युमोनियासहितका समस्या देखिएको प्रतिष्ठानले जनाएको छ ।


यसैगरी, शुक्लागण्डकी ५ निवासी ७१ वर्षका संक्रमित वृद्धको पनि उपचारका क्रममा ज्यान गएको छ । उनको बिहिबार दिउँसो १ बजे प्रतिष्ठानमै उपचारका क्रममा ज्यान गएको बताइएको छ । उनी पाँच दिन अघि प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा न्युमोनियासहितका समस्या देखिएको प्रतिष्ठानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी