शेषमणि प्रचण्ड–नेपाल समूहमै, केन्द्रीय सदस्य अस्वीकार

  • ख-
  • ख+

दमौलीः नेकपा ओली समूहले केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेका नेता शेषमणि आचार्यले पद अस्विकार गरेका छन् ।

पुराना वाम बुद्धिजिवी आचार्यले सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै सामाजिक सञ्जालबाटै केन्द्रीय सदस्यमा नाम रहेको थाहा पाएको भन्दै यसलाई अस्विकार गरेको उल्लेख गरेका छन् ।


‘म कुनै पार्टीको केन्द्रीय कमिटीमा नरहेको र त्यसलाई सादर अस्वीकार गरेको अनुरोध गर्दछु,’ उनले पोष्टमा भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी