प्रतिनिधि सभा विघटनविरुद्ध समाजवादी पार्टीको तनहुँमा विरोध

  • ख-
  • ख+

दमौलीः प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले तनहुँमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले चालेको कदमविरुद्ध देशव्यापी विरोधका क्रममा पार्टीले दमौली ट्राफिक चोकमा प्रदर्शन गरेको हो ।

पार्टी कार्यालयबाट ब्यानरसहित नाराबाजीमा उत्रिएका नेता कार्यकर्ताले दमौली ट्राफिक चोकमा कोण सभा गरेका थिए ।


कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य जनार्दन वियोगी, पाटी केन्द्रीय सदस्य देवेन्द्र थापा, जिल्ला अध्यक्ष कृष्ण गुरुङलगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसको विरोध गरे । उनीहरुले यस कदमले गणतन्त्र नै खतरामा परेको र देशमा अस्थिरता आउने भन्दै विरोध जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्