व्यासको विशेष नगर सभाः भूमिहिनका लागि वडा र नगरस्तरमा समिति बन्ने

  • ख-
  • ख+

दमौलीः भूमिहिन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान तथा आर्थिक ऐन संसोधनलगायत तीन निर्णय गर्दै व्यास नगरपालिकाको विशेष नगर सभा दमौलीमा सम्पन्न भएको छ ।

नगरप्रमुख बैकुण्ठ न्याैपानेकाे अध्यक्षयतामा सम्पन्न सभामा सार्वजनिक निजी साझेदारी सम्बन्धि विधेयक २०७७ अनुरूप नगरपालिकाका पूर्वाधार संरचनाकाे निर्माण ,सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह, नगरकाे सामाजिक र आर्थिक विकास गर्दै नगरवासीलाई भरपर्दाे र सर्वसुलभ सुविधा प्रदान गरिने प्रस्ताव पारित गरिएकाे छ।
त्यस्तै,आर्थिक एेन २०७७ लाई व्यवहारिक कार्यन्वयनका लागि संशोधन गर्ने प्रस्ताव समेत नगरपालिका विशेष नगर सभाले पारित गरेकाे छ। नगरसभाले पछिल्लो समय व्यास नगरपालिकाले भूमि सम्वन्धि समस्या सामधानका लागि समझदारी पत्रमा हस्ताक्षर गरे लगत्तै व्यवस्थित कार्य सम्पादनका लागि सहजीकरण समिति गठन गर्ने भएकाे छ।

भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित वसाेवास व्यवस्थित गराउनका लागि सरकारले २०७६ सालमा भूमि सम्वन्धि समस्या समाधान आयाेग गठन गरेकाे थियाे।
भूमिहिनका लागि सम्झाैता गरेवमाेजिम कार्यासम्पादन गर्न मापदण्डअनुरूप कार्यप्रणाली गर्न भन्दै आजको व्यास नगर सभाले वडा तथा नगरस्तरीय सहजीकरण समिति निर्माण गरिने जानकारी दिएकाे छ।
त्यसमा राजनीतिक दलकाे समेत सहभागीता रहने गरि कार्य थालिने गरि सहजीकरण समिति गठन गरिने प्रस्ताव गरिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।
महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्न भन्दै सभाकाे आयाेजना गरेकाे नगरपालिकाका प्रवक्ता माेहनकुमार श्रेष्ठले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्