
दमौली :नेकपा तनहुँका नेता श्रीप्रसाद श्रेष्ठ केपी ओली नेतृत्वको नेकपा केन्द्रीय महाधिवेशन आयोजक कमिटीको सदस्य मनोनित भएका छन् ।
साविक एमाले उपाध्यक्ष तथा हाल नेकपा नेता श्रेष्ठले आफु सदस्यमा मनोनित भएको जानकारी निकटलाई दिएका छन् ।यस अघि बहालवाला दुई प्रतिनिधि सभा सदस्य केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र पूर्व सांसद टुकराज सिग्देल केन्द्रीय सदस्य भएको सार्वजनिक भएको थियो ।
सबै अध्यक्ष ओली निकट मानिन्छन् । यसले आफ्नो गुट जिल्लामा बलियो रहेको सन्देश दिने प्रयासलाई बल दिएको छ ।
ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका थिए ।