ओली निकट नेकपा कमिटीमा तनहुँका ४ सदस्य थप

  • ख-
  • ख+

दमौली: केपी ओली नेतृत्वको नेकपाले तनहुँका चार नेतालाई केन्द्रीय महाधिवेशन आयोजक समितिमा सदस्य थपेको छ ।

१००३ सदस्यीय समितिमा तनहुँमा ओली खेमा निकट हस्तीहरु थपिएका छन् ।

विघटित संसदका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र केदार सिग्देल, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र पूर्व सांसद टुकराज सिग्देलको नाम पार्टीले निर्वाचन आयोग पठाएको छ ।

यस अघि नै केन्द्रीय समितिमा ओली निकट एकबहादुर राना केन्द्रीय सदस्य छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्