दमौलीमा कांग्रेस कार्यकर्ताद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका कार्यकर्ताहरुले दमौलीमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्लादहन गरेका छन् ।


व्यास ३ स्थित पार्टी कार्यालयबाट नाराबाजी गर्दै उत्रिएका कांग्रेसका भ्रातृ संगठनका नेता कार्यकर्ताहरुले ट्राफिक चोकमा पुगेर कोण सभा गरेका थिए । उनीहरुले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कदम फिर्ता गन माग गरेका थिए ।


कोण सभा पश्चात उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको सांकेतिक पुत्लादहन गरेका थिए । बाक्लो घेराका बीचमा आगो सल्काइएको प्रहरीले पत्तै पाएन । आगो बलि सके पछि मात्र घेरा खुला गर्दै पुत्लादहन गरिएको थियो । देशलाई पुरानै बाटोमा धकेल्ने प्रयास भएकाले विरोधस्वरुप कार्यक्रम गरिएको नेविसंघ तनहुँका प्रवक्ता हरि खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्