
दमौलीः राष्ट्रिय प्रजातन्त्र पार्टीको माथिल्लो निकाय कार्य सम्पादन समितिको सदस्यमा तनहुँका केन्द्रीय सदस्य राजेन्द्रबहादुर अधिकारी चयन भएका छन् ।
पार्टीका अध्यक्षहरु कमल थापा, पशुपती समशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनीले समितिको विस्तारित समितिमा अधिकारीलाई चयन गरेका हुन् ।
पार्टीको राजधानीमा जारी कार्य सम्पादन समितिको बैठकमा अधिकारीले नियुक्तिको पत्र बुझ्दै सदस्यका हैसियतले सहभागीता जनाएको पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।