
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विशेष महाधिवेशनमार्फत पार्टी अध्यक्ष पद हस्तान्तरण गर्न खोजे पनि चार महिना समेत नकुरेर अविश्वासको प्रस्ताव अघि बढेकाले संसद विघटन गरेको प्रष्टिकरण दिएका छन् ।
राष्ट्रका नाममा नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै उनले भने,‘विशेष महाधिवेशनबाट पद हस्तान्तरण गर्न खोज्दा ४ महिना पनि कुरिएन ।’
उनले संघीय गणतन्त्रका लागि सक्रिय नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने चाहना रहेको भन्दै यसै आधारमा पाँच वर्ष पछि सुयोग्यलार्ई हस्तान्तरण र महाधिवेशनपछि कार्यकारी जिम्मेवारीबाट अवकाश लिने योजना भए पनि भित्रभित्रै अविश्वासको प्रस्तावको तयारी गरिएको आरोप सम्बोधनमार्फत लगाए ।
अध्यक्षलाई थाहै नदिइ संसद बैठक बोलाउन खोजेर पार्टी र पद्धतीमाथि गम्भीर आघात पुर्याएको भन्दै उनले अवस्था झनै आरोप पत्र फिर्ता लिन आग्रह गरे पनि अवस्था जटिल बने पछि आफूले कदम चालेको जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत प्रजातान्त्रिक प्रक्रिया निर्वाचनका लागि तयार रहन पनि देशवासीलाई अपिल गरेका छन् ।