भिडन्त हुन नदिन नेकपा कार्यालयमा प्रहरी सुरक्षा

  • ख-
  • ख+

दमौलीः पार्टीका दुई समूहबीच प्रष्ट विभाजन र संघर्ष देखिन थाले पछि नेकपा तनहुँको पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।


आईतबार प्रधानमन्त्रीको कदमको विरोधमा प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन गरेलगत्तै प्रहरीले कार्यालयमा सुरक्षाकर्मी खटाउन थालेको हो । ‘दुवै पक्षबीच भिडन्त हुने वा तनाव हुने अवस्था नआओस् भनेर कार्यालय वरपर सुरक्षा दिन थालेका हौं,’ प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले भने ।


आईतबार प्रधानमन्त्रीको कदमको विरोधमा प्रचण्ड–नेपाल पक्षको प्रदर्शनपछि प्रधानमन्त्रीका पक्षमा पनि यस्तै प्रदर्शन हुन सक्ने चर्चा छ । दुवै पक्षका नेता कार्यकर्ता रहेको कार्यालयमा थप तनाव हुन नदिन गृह प्रशासनले देशैभरका कार्यालयहरुमा सुरक्षा सतर्कता बढाउन थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्