बाध्यताले संसद विघटनः ओली

  • ख-
  • ख+

काठमाडौंः आफूले बाध्य भएर संसद विघटनसहितका कदम चालेको प्रधानमन्त्री केपी ओलीले प्रष्टिकरण दिएका छन् ।


आफूनिकट सांसदको भेलामा ओलीले पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड र माधवकुमार नेपाल गठबनधन अनावश्यक हिसाबले अघि बढेकाले व्यवस्थापन गर्न नसकेको बताएका थिए ।

‘बाध्यात्मक ठाउँमा पुगे पछि जनताले आफ्नो अभिमत जाहेर गरोस् भन्ने हिसाबले जनादेशको कुरा गरेको हो । सबै कुरा छोडेर म प्रधानमन्त्री बनिरहन सक्थेँ तर मैले चाहिन,’ ओलीलाई उद्धृत गर्दै एक सांसदले भने ।

आफूलाई बहुमत सांसदले निर्वाचित गरेको भन्दै उनले संसद विघटनको सिफारिस लागू हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्