देशभरका कमजोर जेसिज शाखालाई बलियो पार्न सघाउँछुः कोषाध्यक्ष भट्टराई

  • ख-
  • ख+

दमौलीः नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय कोषाध्यक्ष पबिन्द्र भट्टराईले देशैभरका कमजोर शाखाहरुलाई सघाउने प्रतिवद्धता जनाएका छन् । गृह शाखा जेसिआई व्यास नगरले दमौलीमा गरेको सम्मान कार्यक्रममा बोल्दै उनले नेपाल जेसिजमा आवद्ध देशैभरका शाखामा संस्थाले बोलेका प्रतिवद्धता रकम पु¥याउन पहल गर्ने बताए ।

उनले जेसिआई व्यास नगरले पनि राम्रो योजना ल्याएका अवस्थामा नेपाल जेसिजका तर्फबाट सघाउने प्रतिवद्धता जनाए ।


कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ, वर्ष २०१० का अध्यक्ष अभिनय खनाल, वर्ष २०२० का अध्यक्ष भरतकुमार श्रेष्ठ, २०२१ का अध्यक्ष लक्ष्मीभक्त खनाललगायतले नेपाल जेसिजबाट महत्वपूर्ण पदमा मनोनित हुनु सबैका लागि गर्वको विषय भएको उल्लेख गर्दै उनको कार्यकाल सफलताको शुभकामना दिए ।

देशैभरका जेसिज शाखाको आर्थिक विकास र जेसिआई व्यास नगरका लागि पनि भट्टराईको कार्यकाल सफल रहने उनीहरुले विश्वास व्यक्त गरे ।
कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरु, पदाधिकारीहरुलगायतले भट्टराईलाई शुभकामना महासचिव गणेश थापाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्