
पोखरा : गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।
नवलपुरको तर्फबाट मन्जिल न्यौपानेले ३५, सनम बुढाथोकीले २३ तथा सन्देश बस्नेतले २० रनको पारी खेले ।तनहुँको बलिङ्गतर्फ राजु गुरुङ्ग, सुशिल गिरी र कुरुण सिरमलाले समान २/२ विकेट लिए । विनय भण्डारी र सचिन अधिकारीको हातमा १/१ विकेट परेको थियो ।
जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको
नवलपुरका विज्ञान गौतमले ३, राहुल सर्माले २ तथा विवेक दराई र कमल परियारले १÷१ विकेट लिए । खेलमा महत्वपूर्ण ३ विकेट लिन सफल नवलपुरका विज्ञान गौतम म्यान अफ द म्याच भए । प्रतियोेगिता अन्तर्गत सोमबार स्याङ्गजा र नवलपुरविच प्रतिस्पर्धा हुने छ ।